राष्ट्रपति र प्रधानमन्त्रीलाई चीन लाने तयारी

राष्ट्रपति र प्रधानमन्त्रीलाई चीन लाने तयारी

मित्रराष्ट्रको सहयोगमा निर्माणाधीन विकाससँग सम्बन्धित योजनाबारे नेपालका लागि चिनियाँ राजदूत छन सोङ र परराष्ट्रसचिव भरतराज पौड्यालबीच आइतबार सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ । सो भेटघाटमा ३ वर्षदेखि कोभिड १९ का कारण अवरुद्ध चिनियाँ निर्माण कम्पनीको संलग्नता रहेका विकास निर्माण कार्यबारे छलफल भएको परराष्ट्र स्रोतले बताएको छ ।

काठमाडौंको रिङरोड र नारायणगढ–बुटवल सडकखण्डलगायत दर्जनौं योजना सम्पन्न गर्न समन्वय र सहकार्यलाई मजबुत बनाउँदै अघि बढाउन राजदूतले तत्परता देखाएको बुझिएको छ । यही महिनाको अन्त्यतिर चीनले आयोजना गर्न लागेको बोआओ फोरममा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड सहभागी हुन नसक्ने लगभग पक्कापक्की जस्तै भएको छ । उक्त फोरममा भारत भ्रमणअघि प्रधानमन्त्री जान सम्भव नदेखिएपछि अप्रिलतिर हुने बिआरआई सम्मेलनमा उहाँ र हाङचौमा हुने एशियन गेममा राष्ट्रपतिलाई लानेबारे गृहकार्य थालिएको छ । 

यसबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भारत भ्रमणको चाँजोपाँजो मिलाउन दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मा नपाल आएर फर्किएका छन् । 
 

टिप्पणीहरू