धर्मभक्तलाई कर्मचारी चाहियो, अरु जानकारी बेवसाइटमा

धर्मभक्तलाई कर्मचारी चाहियो, अरु जानकारी बेवसाइटमा

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरिएको छ ।  

आज सूचना प्रकाशित गर्दै केन्द्रले कन्सल्टेन्ट कार्डियोलोजिष्ट (नवौं) देखि हेमोडायलाइसिस टेक्निसियन (चौंथो) पदसम्मका लागि करार सेवामा कर्मचारी मागेको हो । सूचनामा कन्सल्टेन्ट कार्डियोलोजिष्ट (नवौं) एक जना, ट्रान्सप्लान्ट कोर्डिनेटर (छैठौं) तीन जना, स्टाफ नर्स (पाँचौं) १४ जना र हेमोडायलाइसिस टेक्निसियन (चौंथो) एक जनाको आवश्यकता रहेको उल्लेख छ । 

योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन भनिएको छ ।  केन्द्रले दरखास्त फाराम, शैक्षिक योग्यता र परीक्षा मितिलगायतको जानकारीका लागि कार्यालयको सूचना पार्टी वा बेवसाइटमा हेर्न सकिने समेत जनाएको छ ।
 

टिप्पणीहरू