बाजुरामा हवाई फायर र अश्रुग्यास प्रहार, स्थगित मतदान पुनः सुचारु

बाजुरामा हवाई फायर र अश्रुग्यास प्रहार, स्थगित मतदान पुनः सुचारु

बाजुराको बुढीनन्दा क्याम्पसमा हवाई फायर भएको छ । आज बिहानदेखि भएको स्वतन्त्र विद्यार्थी युनियनको मतदान बिथोल्न ढुंगामुढा भएपछि २७ राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोल्टीका अनुसार मतदान बिथोल्न नेकपा एमालेका कार्यकर्ताले क्याम्पस हातामा ढुंगा प्रहार गरेको अन्य विद्यार्थी युनियनहरुको आरोप छ । एमालेका कार्यकर्ताले क्याम्पसमा निरन्तर ढुंगा प्रहार गरेपछि हवाई फायर गरिएको प्रहरीको भनाइ छ ।

झण्डै एक घण्टा रोकिएको मतदान पछि सुचारु भएको हो ।

टिप्पणीहरू