नवनिर्वाचित उपराष्ट्रपति पर्सि बिहान शीतल निवास जाने

नवनिर्वाचित उपराष्ट्रपति पर्सि बिहान शीतल निवास जाने

हिजो निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ ग्रहण पर्सि बिहान हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहान १० बजे शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने बताइएको छ । हिजो भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका सांसद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

उहाँले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पराजित गर्नुभएको हो । निर्वाचनको अन्तिम नतिजाअनुसार यादवले ३० हजार ३२८ मतभार पाउनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्दी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हुनुभएको थियो ।

टिप्पणीहरू