राप्रपा संसदीय दलको बैठक सिंहदरबारमा

राप्रपा संसदीय दलको बैठक सिंहदरबारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बसेको छ । बैठक सिंहदरबारस्थित राप्रपा संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजेदेखि बसिरहेको बताइएको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनको अध्यक्षतामा संसदीय दलको बैठक बसेको हो । बैठकमा सचेतक ज्ञानेन्द्र शाही, उपाध्यक्षहरु ध्रुवबहादुर प्रधान र वित्रम पाण्डे पनि सहभागी छन् । 

त्यसैगरी दिपक सिंह, रोशन कार्की, विना लामालगायत अधिकांश सांसदको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू