उपराष्ट्रपतिको निर्वाचन १० बजे, रवि लामिछानेको बैठक ११ बजे

उपराष्ट्रपतिको निर्वाचन १० बजे, रवि लामिछानेको बैठक ११ बजे

उपराष्ट्रपति पदको निर्वाचन केही क्षणमा नयाँ बानेश्वरस्थित संघीय संसद परिसरमा शुरु हुँदैछ । मतदान बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ ।

राष्ट्रपति निर्वाचनमा झैँ आजको निर्वाचनमा पनि प्रदेश सभा र संघीय संसदका सांसदहरुको लागि छुट्टाछुट्टै मतपेटिका राखिएको छ । निर्वाचनमा ती दुई संसदका ८८२ जना सांसद मतदाता हुने व्यवस्था छ ।

उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव,प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्ट्रलक्ष्मी शाक्य पनि उठेकी छन् । जसपाकी प्रमिलाकुमारीले नाम फिर्ता लिएको घोषणा गरे पनि प्रक्रिया पूरा नभएकाले मतपत्रमा उनको नाम र फोटो छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले ११ बजे बिहान पदाधिकारी र संसदीय दलको संयुक्त बैठक डाकेको छ । बैठकमा आजको निर्वाचनमा गरिने मतदानबारे निर्णय हुने छ ।

यसअघि राष्ट्रपतिमा रवि लामिछानेको पार्टीले रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।

टिप्पणीहरू