उपराष्ट्रपतिबारे छलफल गर्न रास्वपाका नेता र सांसदको संयुक्त बैठक

उपराष्ट्रपतिबारे छलफल गर्न रास्वपाका नेता र सांसदको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बैठक डाकेको हो । भोलि बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको सो पार्टीका एक नेताले जानकारी दिए । 

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय गरेको छैन । भोलि हुने उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । त्यस्तै एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।
 

टिप्पणीहरू