युराेपेली राजदूतहरुको टोली र मुख्यमन्त्रीबीच भेटवार्ता

युराेपेली राजदूतहरुको टोली र मुख्यमन्त्रीबीच भेटवार्ता

सुदूर पश्चिम प्रदेश भ्रमणमा गएको युरोपेली राजदूतहरुको टोलीले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग आज बिहान भेट गरेको छ ।

काठमाडौंस्थित युरोपेली युनियनलगायत अन्य मुलुकका राजदूतहरु सुदूरपश्चिम प्रदेशका केही जिल्ला भ्रमणको क्रममा अहिले धनगढीमा छन् । टोलीमा नेपालका लागि इयुकी राजदूत नोना डिप्रेज,जर्मनीका राजदूत डा. थोमस प्रिन्ज,फ्रान्सका राजदूत गिल्स बाउरवाओ र फिनल्यान्डकी राजदूत रिना रिक्का हेइक्का छन् । 

भेटवार्तामा मन्त्रीद्वय नरेशकुमार शाही र प्रकाशबहादुर देउवाको पनि उपस्थिति थियो । यसअघि अस्ति टोलीले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसँग पनि भेटवार्ता गरेको थियो ।

उनीहरु कैलाली, डडेलधुरा,डोटीलगायत जिल्लामा सञ्चालित विभिन्न परियोजनाको स्थलगत अनुगमन भ्रमण गरेर हिजो धनगढी आइपुगेका हुन् ।

टिप्पणीहरू