परराष्ट्रमा डेढ दर्जनको विदेश पोष्टिङ : को,कता खटाइए ?

परराष्ट्रमा डेढ दर्जनको विदेश पोष्टिङ : को,कता खटाइए ?

परराष्ट्र सेवाका डेढ दर्जन कर्मचारीको विदेश पोष्टिङ भएको छ । यसक्रममा तीन जना उपसचिव,छ जना शाखा अधिकृत र नौ जना नायव सुब्बालाई विदेशस्थित विभिन्न दूतावास तथा नियोगमा सरुवा गरिएको छ ।

प्राप्त विवरणअनुसार दिल्लीबाट फर्केर यूरोप,अमेरिका डिभिजनमा रहेका उपसचिव हरि ओडारीलाई बैंकक, सुरेन्द्र थापालाई कतारको दोहा र प्रमिता अधिकारीलाई न्यूयोर्क मिसनमा पठाइएको छ । त्यसैगरी शाखा अधिकृतहरुमा सतिश गुरुङलाई हङकङस्थित महावाणिज्यदूतावास, विशेषकुमार साहलाई ओमान,सुजना अर्याललाई म्यान्मार, सागर भण्डारीलाई कोलम्बो,सरोज भट्टराईलाई ग्वाङ्झौ र सुमित्रा पौडेललाई बेइजिङ खटाइएको छ ।

मन्त्रालयले गरेको पछिल्लो सरुवामा नायव सुब्बाहरुमध्ये न्यूयोर्कमा लालबाबु अर्याल, वासिङटन डिसीमा रामचन्द्र पन्थी, क्यानबेरामा केशव पोखरेल,जर्मनीमा चुमान केसी र ग्वाङ्झौमा रामबोल आचार्य खटाइएका छन् । त्यस्तै मलेसियामा हेमबहादुर भुजेल, दोहामा श्रृजना पाण्डे, ब्राजिल जानेमा दिनेश शिवाकोटी र हङकङमा भोजकुमार भट्टराई परेका छन् ।

टिप्पणीहरू