क्याबिनेटको निर्णय नम्बर २ लाई निर्णय नम्बर १० ले काटेपछि...

क्याबिनेटको निर्णय नम्बर २ लाई निर्णय नम्बर १० ले काटेपछि...

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले १० वटा निर्णय गरेको औपचारिक जानकारी गराइएको छ । त्यसमध्ये २ नम्बरको निर्णयलाई १० नम्बरको निर्णयले उल्टाइदिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गरिएको २ नम्बरको निर्णयमा नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने भनिएको छ ।

तर, सोही निर्णयलाई पुछारको निर्णयले उल्टाइदिएको छ । विभिन्न मन्त्रालयको प्रस्ताव भन्दै संख्या र नाम नतोकिएका सचिव र सहसचिवहरुको विदेश भ्रमण स्वीकृत गरिएको छ ।

निर्णयमा भनिएको छ, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एवम् अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।’


 

टिप्पणीहरू