राप्रपाले पर्सि पनि मतदान नगर्ने

राप्रपाले पर्सि पनि मतदान नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा पनि भोट नहाल्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पर्सि हुन लागेको चुनावमा मतदान नगर्ने निर्णय गरेको बताइएको छ ।

राप्रपाले मलमा किसानले पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएको छ । उक्त निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको उल्लेख गर्दै मुलुकभित्रै कलकारखाना खोल्न सरकारसँग मागसमेत गरेको छ । 

‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्तिको समस्या दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ । 

साथै, रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ७७ वटै जिल्ला समितिलाई एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन, धर्ना दिन र सभा गर्न निर्देशन दिएको छ । 

बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरका कारण मर्कामा परेका व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न राप्रपाको जोडदार माग छ ।

टिप्पणीहरू