अन्तिममा एक्ली हुने अभिनेत्रीहरु

अन्तिममा एक्ली हुने अभिनेत्रीहरु

प्रेम होस् वा विवाह सम्बन्ध गाँस्दा धनाढ्य र व्यापारी रोज्ने एकपछि अर्का नायिकाको सम्बन्ध कालान्तरमा टुट्ने गरेको पाइएको छ । यही भीडमा थपिएकी छन् नायिका, निशा अधिकारी । अन्य केही नायिकाझैं उनको प्रेम र वैवाहिक सम्बन्ध पनि ‘तासको घर’ जस्तै बन्न पुगेको छ । हालै मात्र काठमाडौँ जिल्ला अदालतबाट कानुनी रुपमै शिल्पा पोखरेल र छवि ओझा अलग भएको घटना सेलाउन नपाउँदै क्रिकेटर पति शरद भेषवाकरसँग अंश माग्दै अदालत पुगेकी छन्, निशा । निशा शरदसँगको प्रेममा पर्नुअघि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छोरा निरकदेखि दावा स्टेफन शेर्पासँग सम्म जोडिएको चर्चा छँदैछ । 

पर्यटन क्षेत्रका पायोनियर हुन्, आङछिरिङ शेर्पा । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष, अहिले सल्लाहकार अनि एशियन ट्रेकिङका मालिक तर उनकै पुत्रलाई पत्याउँदा चल्तीका केही नायिकादेखि मोडलसम्मको जिन्दगी बर्बाद भएको छ । दावा स्टेफनको बानी नायिका/मोडललाई चुस्ने, रस निख्रिएपछि छोडिदिने । उसो त निशालाई भेटेपछि दावा र नम्रता श्रेष्ठबीच ब्रेक अप भएको चर्चा सिने क्षेत्रमा त्यतिखेरै व्याप्त थियो । दावा त्यसअघि साहना बज्राचार्यसँग लिभिङ टुगेदरकै सम्बन्धमा रहेको बताइन्थ्यो । दावासँगको सम्बन्धलाई पूर्णविराम लगाएर निशाले जीवनसाथी रोजिन् क्रिकेटर शरदलाई । उनीहरूबीच झण्डै चार वर्ष चलेको सम्बन्धमा अहिले दरार आएको हो ।

यता, ठीक यही समय पूर्व स्वास्थ्यमन्त्री विरोध र कम्युनिष्ट नेतृ मनु खतिवडापुत्री श्रृंखला र ब्लगर सिसन बानियाँको प्रेम सम्बन्ध टुटेको चर्चा छ । युरोपको टुर सकाएर फर्किंदा भने यी दुईको दोस्तीमा पूर्णविराम लाग्न नपाउँदै कान्तिपुरका मालिक कैलाश सिरोहियाको पुत्र सम्भवसँग मन जोडिएको चर्चाले सिने नगरी तातेको छ । 

प्रेम एउटासँग, विवाह अर्कैसँग । सिनेनगरीमा यो नौलो कहानी होइन । प्रेम सिनेनगरीकै चुलबुलेसँग अनि विवाहचाहिँ आफूले जे भन्यो त्यही मान्ने उमेर छिप्पिएको धनाढ्यसँग ? नेपाली सिने नगरीमा मौलाउँदै गएको पछिल्लो प्रवृत्ति हो यो । सायद यस्तै प्रवृत्तिकै कारण हुनुपर्छ धेरैजसो नायिकाको जीवन एक्लिन पुगेको !
 

टिप्पणीहरू