वीरगञ्जमा स्ववियु निर्वाचन रोकियो, जेठ १३ गते गर्ने राजनीतिक सहमति

वीरगञ्जमा स्ववियु निर्वाचन रोकियो, जेठ १३ गते गर्ने राजनीतिक सहमति

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । चैत ८ गते गर्ने तयारी भइरहेको अवस्थामा सिडिओ कार्यालयमा भएको राजनीतिक दलहरु र क्याम्पस प्रशासनबीचको छलफलमा जेठ १३ गते गर्ने सहमति भएको बताइएको छ ।

मतदाता नामावलीको विषयमा विद्यार्थी संघ तथा संगठनले क्याम्पसमा पटक पटक आगजनी र ताला लगाएपछि निर्वाचन स्थगित गरिएको क्याम्पस प्रशासनको भनाइ छ ।

चैत १२ गतेदेखि विभिन्न संकायको परीक्षाको तालिका भएकाले निर्वाचन दुई महिना पछाडि धकेल्नुपरेको बताइएको छ । छलफलमा नेपाली काँग्रेस, जसपालगायत राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु सहभागी थिए ।

टिप्पणीहरू