गृहसचिव दैलेखबाट राजधानी फिर्ता

गृहसचिव दैलेखबाट राजधानी फिर्ता

हिजो सुर्खेत हुँदै दैलेख जानुभएका गृहसचिव विनोदप्रकाश सिंह राजधानी फर्कनुभएको छ । सिंहले हिजो बिहान सुर्खेतमा नवनिर्मित जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।

त्यसपछि दैलेख जानुभएका उहाँ आज बुद्ध एअरको उडानमा सुर्खेत हुँदै काठमाडौं आउनुभएको हो ।

बिहान ११ बजे काठमाडौं आइपुुगेको बुद्धको उक्त उडानमा एमाले सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई समेत रहनुभएको बताइएको छ ।
 

टिप्पणीहरू