काठमाण्डौका मेयर बालेन साह मध्यराती लण्डनतिर

काठमाण्डौका मेयर बालेन साह मध्यराती  लण्डनतिर

काठमाडौं महानगरपालिकाका मेयर गए राति विदेश गएका छन् । उनी कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति साढे २ बजे काठमाडौंबाट दोहातर्फ उडेका हुन् ।

उनी दोहा हुँदै बेलायतको राजधानी लण्डन गएको महानगरपालिका स्रोतले बताएको छ । लण्डनमा आजदेखि पर्सिसम्म हुन लागेको पार्टनरसिप फर अ हेल्दी सिटी समिटमा भाग लिन मेयर त्यता गएको महानगरको भनाइ छ ।

उनी दुई महिनाअघि श्रीमतीसहित इण्डोनेसियाको बालीमा बिदा मनाउन  र पब्जी प्रतियोगिता हेर्न गएका थिए ।

टिप्पणीहरू