निवर्तमान राष्ट्रपति शीतल निवासबाट बाहिरिनुभयो

निवर्तमान राष्ट्रपति शीतल निवासबाट बाहिरिनुभयो

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेपछि निवर्तमान हुनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिनुभएको छ । पौडेललाई शीतल निवासमा आयोजित विशेष समारोहमा कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।

त्यसपछि उहाँलाई बधाई दिएलगत्तै निवर्तमान राष्ट्रपति आफ्नो निवासतर्फ जानुभएको बताइन्छ । भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाई उपहार प्रदान गर्नुभएको थियो ।
 

टिप्पणीहरू