रवि लामिछानेको पद 'खाइदिने' युवराज मुद्दा माग्दै अख्तियारमा

रवि लामिछानेको पद 'खाइदिने' युवराज मुद्दा माग्दै अख्तियारमा

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग भ्रष्टाचारसम्बन्धी मुद्दाको विवरण मागेका छन् । उनले पछिल्लो चार वर्ष अख्तियारमा दर्ता भएका मुद्दाको सम्पूर्ण विवरण दिन आज निवेदन दिएका हुन् ।  

बिहान ११ बजेतिर सानो टोलीसहित टंगालस्थित अख्तियार कार्यालयमा  पुगेर युवराजले आर्थिक वर्ष २०७५ देखि ०७८ सालसम्म दर्ता भएका मुद्दाको विवरण उपलब्ध गराउन माग गरेको बताइएको छ । 

युवराज तिनै हुन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । रद्द भैसकेको नेपाली नागरिकता देखाएर पार्टी दर्ता गरेको र चुनावमा उठेको दावीसहित उनले हालेको रिटमा अदालतले दोषी ठहर गरेपछि रविको सांसद र मन्त्री पद गुमेको थियो । 

आफूलाई चित्त नबुझेको विषयमा खरो टिप्पणी गर्ने र उजुरबाजुर गरिहाल्ने युवराज पछिल्लो समय चर्चा र बिबादमा छन् ।

टिप्पणीहरू