नयाँ र पुराना राष्ट्रपतिबीच भलाकुसारी

नयाँ र पुराना राष्ट्रपतिबीच भलाकुसारी

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारीलाई भेट गर्न नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेर ३५ मीनेटमा त्यहाँ पुग्नुभएको थियो । 

कार्यकाल सकिएसंगै राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने तयारी गर्नुभएको छ ।  यता,नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

टिप्पणीहरू