गठबन्धनमा गड्बडी,उपरास्ट्रपतिमा धेरै उम्मेदवारी

गठबन्धनमा गड्बडी,उपरास्ट्रपतिमा धेरै उम्मेदवारी

सत्तारुढ गठबन्धन उपरास्ट्रपति उम्मेदवारका हकमा विभाजित भएको छ । काङ्ग्रेस,माओवादी,एकीकृत समाजवादी र जसपा रामसहायप्रसाद यादवलाई उठाएर बारा-२ बाट उपेन्द्र यादवलाई सँसदमा ल्याउन सहमत देखिएका छन् भने  डा.बाबुराम भट्टराईको समाजवादी,महन्थ ठाकुरको लोसपा,सिके राउतको जनमत र रेशम चौधरीको नागरिक उन्मुक्तिले जनमतकी ममता झालाई उठाउने भएका छन् ।

सम्बिधानमा रहेको रास्ट्रपति र उपरास्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्ने प्रावधान र यसैमा रहेको अस्पष्ट ब्याख्यानका कारण भोलिसम्ममा थप चलखेलको सम्भावना छ । एमालेले महिला उठाएको र गठबन्धनमा गडबडी देखिएको हुँदा जसपाले रामसहायसङ्गै महिला उम्मेदवार पनि खडा गर्नेवारे छलफल चलिरहेको बुझिएको छ ।

यसैनिम्ति एकछिनमा उसको बैठक बस्दैछ,भोलि बिहान सत्ता गठबन्धन पनि फेरि बस्ने कुरा छ । त्यसो त गठबन्धनका ४ ठूला दलको मत एक ठाउँमा परे जसपा उम्मेदवार नै बिजयी हुन संख्या पुग्ने देखिन्छ ।
 

टिप्पणीहरू