सिंहलाई आफै सिंह बन्ने् झोक चलेपछि

सिंहलाई आफै सिंह बन्ने् झोक चलेपछि

सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत निमित्त सचिव गणेशबहादुर सिंहले आफूलाई आफै सचिव घोषणा गरेका छन् । उनको त्यो शैलीको धनगढीका स्थानीय मिडियाले चर्को रुपमा उठाएका छन् । सिंहले मन्त्रालयको नेम प्लेटमा प्रदेश सचिव लेखेका छन् । 

निमित्त सचिवले बोर्ड लगाएर निमित्त लेख्ने चलन छैन, आफ्नै कोठाबाट काम गर्नुपर्ने हुन्छ किनकी चाँडै सचिव नै आउने सम्भावना हुन्छ । तर निमित्त सचिव सिंहले सचिवको कोठामै आफ्नो नाममा सचिव लेखेको बोर्ड झुण्डाउन लगाएर सचिवकै कार्यकक्ष प्रयोग प्रयोग गरिरहेका छन् ।

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव नारायणप्रसाद शर्मा दवाडीले निमित्त सचिवको रुपमा कामकाज गर्न अख्तियारी दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता नवराज ओझाले बताएका छन् । निमित्त सचिवको रुपमा आर्थिक लगायतका अख्तियारी पाएका छन् । 

आलोचना भएपछि निमित्त सचिव सिंहले नेम प्लेट परिवर्तन गर्ने बताएका छन । सामाजिक विकास मन्त्रालयलया सचिव दिपक लामिछानेको गत पुस अन्तिम साता सरुवा भएको थियो ।  त्यसपछि मन्त्रालयमा नयाँ सचिव आएका छैनन् ।

टिप्पणीहरू