विनोद चौधरी र जनार्दन शर्माले किन समाते दिल्लीको बाटो ?

विनोद चौधरी र जनार्दन शर्माले किन समाते दिल्लीको बाटो ?

नयाँ गठबन्धनको सरकारले पूर्ण आकार लिनै लागेका बेला मन्त्री पदका आकाँक्षी डलर अर्बपति विनोद चौधरी र पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा आज बिहान सँगै नयाँ दिल्ली गएका छन् । शर्मा र चौधरी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा काठमाण्डौबाट बिहान सवा ८ बजे प्रस्थान गरेका हुन् ।

पछिल्लो पटक अर्थमन्त्री हुँदा विवादमा तानिएका शर्माको उठबस पनि त्यस्तै विवादित व्यापारी र समुदायसँग रहँदै आएको छ । नयाँ गठबन्धनमा मन्त्री बन्न कम्मर कसेर लागेका चौधरीसँगै शर्मा नयाँ दिल्ली जानुलाई अर्थपूर्ण ठानिएको छ । 

यसैबीच पटके दुबई गएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आज बिहान स्वदेश फर्केका छन् । अन्सारी नियमित रुपमा दुबई जानेमध्येमा पर्छन् । उनी फ्लाई दुबईको एफजेड ५८७ को उडानमा आज बिहान ८ बजे काठमाडौं आइपुगेका हुन् ।

टिप्पणीहरू