प्रधानमन्त्री बालुवाटारको बैठकबाट सोझै ठेकेदारहरुको कार्यक्रममा

प्रधानमन्त्री बालुवाटारको बैठकबाट सोझै ठेकेदारहरुको कार्यक्रममा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि सत्ता गठबन्धनमा आवद्ध नौ दलका शीर्ष नेताहरुसँग छलफलमा व्यस्त हुनुहुन्छ । गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपतिको उम्मेदवारी दिने विषय पेचिलो बनेपछि नौ दलका नेताहरु छलफलमा जुटेका हुन् ।

जसपाले अस्ति बिहीबार बाराका सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यादवको स्थानमा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा सांसद निर्वाचित हुने रोडम्याप बनाइएको छ । तर, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि अहिले महिला त्यो पनि खस,ब्राम्हण बाहेकको समुदायबाट उपराष्ट्रपति हुनुपर्ने आवाज चर्को हुन थालेको हो ।

बालुवाटारको बैठकपछि प्रधानमन्त्री दाहाल बिहान ११ बजे निर्माण व्यवसायीहरुको कार्यक्रममा जाने हुनुभएको छ । काठमाडौं ब्याङ्क्वेटमा राखिएको नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघको १३ औं साधारणसभाको समुद्घाटन प्रधानमन्त्रीले गर्ने बताइएको छ ।
 

टिप्पणीहरू