सभामुख बहराइन प्रस्थान, धनगढीबाट एउटै विमानमा एमाले र काँग्रेसका मुख्यमन्त्री

सभामुख बहराइन प्रस्थान, धनगढीबाट एउटै विमानमा एमाले र काँग्रेसका मुख्यमन्त्री

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बहराइनमा आयोजित अन्तरसंसदीय संघको कार्यक्रममा सहभागी हुन प्रस्थान गर्नुभएको छ । उहाँ नौ जनाको टोलीसहित साँझ सवा ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेट ५७६ मा दुबई हुँदै बहरान जानुभएको बताइएको छ ।

उहाँको टोलीमा सांसद रमेश लेखक पनि हुनुहुन्छ । आजै साँझ काठमाडौंबाट धनगढी गएको बुद्ध एअरको उडानमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावलसँगै जानुभएको बताइएको छ ।

टिप्पणीहरू