विद्यार्थीको चुनावमा विप्लव र एमालेको मोर्चाबन्दी

विद्यार्थीको चुनावमा विप्लव र एमालेको मोर्चाबन्दी

माओवादी घटकहरुबीच कार्यगत एकताको चर्चा चलिरहेका बेला नेत्रविक्रम चन्द विप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमाले निकट अनेरास्ववियुसँग चुनावी तालमेल गर्ने भएको छ । 

आज बसेको दुबै संगठनका नेताहरुको संयुक्त बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशव्यापी तालमेल गरेर जाने निर्णय गरिएको छ । निर्णयबारे जानकारी गराउँदै अनेरास्ववियु अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । 

विज्ञप्तिमा अन्य वाम देशभक्त विद्यार्थी संगठनहरुलाई पनि तालमेल तथा सहकार्यमा आउन अपिल गरिएको छ ।


 

टिप्पणीहरू