परराष्ट्र सचिवको स्वदेश आगमन, पशुपति समशेर नयाँ दिल्ली प्रस्थान

परराष्ट्र सचिवको स्वदेश आगमन, पशुपति समशेर नयाँ दिल्ली प्रस्थान

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल आज स्वदेश फर्कनुभएको छ । सचिव पौड्याल कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर आज दिउँसो काठमाडौं आउनुभएको हो ।

उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ बाट अपरान्ह ५ बजे स्वदेश आइपुग्नुभएको बताइएको छ । सचिव पौड्याललाई स्वागत गर्न मन्त्रालयका एक जना शाखा अधिकृत र एक जना नायव सुब्बा तहका कर्मचारी विमानस्थल पुगेका थिए ।

आज सोही समयमा राप्रपाका वरिष्ठ नेता तथा सांसद पशुपति समशेर राणा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ भिस्तारा एअरको उडान नम्बर युके १५६ मा नयाँ दिल्ली जानुभएको बताइएको छ ।

टिप्पणीहरू