उपसभापतिलाई उपराष्ट्रपति पुरुष भए पनि हुने

उपसभापतिलाई उपराष्ट्रपति पुरुष भए पनि हुने

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको दाबी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भनेको खबर आफूले थाहा पाएको भन्दै उनले त्यो कुरा संविधान अनुकुल नरहेको बताए । आज सत्ता गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको आरोप पनि लगाए ।

नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गरेको छ । त्यसको व्याख्या गर्दै उपसभापति खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति र उपराष्ट्रपति दुबै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए ।
 

टिप्पणीहरू