विप्लवद्वारा लघुवित्तको किस्ता संकलनमा रोक, कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने धम्की

विप्लवद्वारा लघुवित्तको किस्ता संकलनमा रोक, कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने धम्की

विप्लव समूहको माओवादीले झापामा लघुवित्त संस्थाको किस्ता बुझाउने कार्यमा रोक लगाएको छ । झण्डै एक दर्जनको संख्यामा रहेको समूहले मध्यान्ह साढे १२ बजेको समयमा लघुवित्तका कर्मचारीलाई जबर्जसती किस्ता उठाउन नदिइएको बताइएको छ ।

झापा गाउँपालिका–३ स्थित फूलबारीमा नेकपा ‘विप्लव’ को झापा गाउँ कमिटीले उक्त रोक लगाएको हो । पालिका इञ्चार्ज कुमार मैनालीको नेतृत्वमा  लघुवित्तको किस्ता उठाउन पुगेका सहारा लघुवित्तका प्रतिनिधिलाई उक्त कार्य नगर्न चेतावनी दिएका हुन् ।

उनीहरुले कर्मचारीलाई जनता र नेकपा कम्युनिस्ट पार्टिले किस्ता तिर्ने कार्य बहिष्कार गरेको जानकारी गराउँदै भने, ‘पैसा उठाउन दिईंदैन । जनताले लुघवित्तलाई कालोसूचीमा राखेका छन् । फेरि यहि कामको लागि आएमा राम्रो हुने छैन । विप्लव समूह कालोमोसो दल्न र जुत्ताको माला लगाइदिएर गाउँबाट भगाउन बाध्य हुनेछ ।’

टिप्पणीहरू