बालुवाटारबाट सजगतापूर्वक अघि बढ्ने निर्णय,ईश्वर श्रीमानको इजलासमा प्रधानमन्त्रीको मुद्दा

बालुवाटारबाट सजगतापूर्वक अघि बढ्ने निर्णय,ईश्वर श्रीमानको इजलासमा प्रधानमन्त्रीको मुद्दा

नेकपा माओवादी केन्द्रसहित पूर्वमाओवादी घटकका नेताहरुको बैठक सकिएको छ । बैठकले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सजगता अपनाउँदै अघि बढ्ने निर्णय गरेको बुझिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि बसेको बैठकमा उनीहरुले संक्रमणकालीन न्यायविरुध्द हुनसक्ने चलखेलप्रति चनाखो हुने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने सहमति गरेका छन् ।

माओवादी घटकका नेताहरुले आइतबार सत्तारुढ दलहरुसँग र मंगलबार नागरिक समाजसँग सोही विषयमा अन्तरक्रिया गर्ने पनि तय भएको छ । 

यता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुध्द सर्वोच्च अदालतमा परेको रिटको सुनुुवाई आज हुँदैछ । हिजो तोकिएको सुनुवाई आज सरेको हो । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको उक्त मुध्दा सिलसिलेवार नम्बर १० र ११ मा छ । हिजो न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेर पनि हेर्न भ्याइएको थिएन ।

टिप्पणीहरू