होलीमा गोलभेंडा : संस्कृति कि विकृति ?

होलीमा गोलभेंडा : संस्कृति कि विकृति ?

आज राजधानी काठमाडौैंलगायत पहाडी जिल्लामा होली पर्व मनाइएको छ । भोलि तराई र भित्री मधेशका जिल्लामा होली खेलिन्छ । आज पहाडी जिल्लामा र भोलि तराईलगायत होली मनाइने जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

धार्मिक मान्यताअनुसार होलीमा रातो रंगको प्रयोग गरिन्छ । यो विजयको प्रतिक पनि हो । समयक्रममा यसमा अबिर र सिन्दुर पनि प्रयोग गर्न थालियो । तर, केही दशकदेखि होलीमा कालो,नीलो,सेतो रंगको समेत प्रयोग भएको देख्न  पाइन्छ ।

राजधानी काठमाडौं उपत्यकामा झण्डै तीन दशकदेखि होलीमा अबिरभन्दा पानीको प्रयोग बढी हुन थाल्यो । बेलुनमा पानी हालेर अरुलाई हिर्काउन लोलाको प्रयोग अधिक भए पनि पछिल्ला दिनमा त्यसमा कमि आएको छ ।

तर यस पटकको होलीमा नयाँ प्रवृत्ति देखापरेको छ । आज लैनचौरमा आयोजित होली कार्यक्रममा तरकारी र अचारमा प्रयोग हुने गोलभेँडामा लडिबुडी गरिएको छ । विशेषगरी युवायुवतीले गोलभेँडामा लडिबुडी गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पर्यटन प्रवर्धनको नाममा यो प्रवृत्ति होलीको सांस्कृतिक मूल्य र मान्यताविपरित भएको संस्कृतिविदहरुको भनाइ छ । नेपाल स्काउटको मैदानमा ग्लोबल टुरिज्म प्रमोसन काउन्सिलले उक्त कार्यक्रम आयोजना गरेको हो । काउन्सिलले स्पेनमा मनाइने परम्परागत मनोरञ्जनलाई होलीमा मिसाइएको प्रतिक्रिया दिएको छ ।


 

टिप्पणीहरू