आठ दल फेरि बालुवाटारमा बसे

आठ दल फेरि बालुवाटारमा बसे

राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी गठबन्धन गरेका आठ राजनीतिक दलको संयुक्त बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठक अहिले जारी छ । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन,क्याबिनेट विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन थापा थापा सहभागी छन् । 

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु बैठकमा सहभागी छन् ।

नेकपा माओवादी केन्द्रले एमालेसँगको सात दलीय गठबन्धन छोडेपछि बनेको नयाँ समीकरणमा कांग्रेस,माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा,लोसपा,जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

टिप्पणीहरू