चीनमा बढ्यो बाघको संख्या : आठबाट बढेर ३७ वर्षमा एक हजार

चीनमा बाघको संख्या बढेको छ । साइबेरियन टाइगर्सको रुपमा परिचित अमुर जातका ती बाघको संख्या ३७ वर्षमा ह्वात्तै बढेको बताइन्छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनको उत्तरपूर्वी हेइलोङचियाङ प्रान्तमा रहेको हेङताओहेइची फेलिन् प्रजनन् केन्द्रबाट उक्त संख्या प्राप्त भएको हो । सन् १९८६ मा रहेका आठ वटा बाघको संख्या अहिले बढेर एक हजार हाराहारी पुगेको हो ।

उक्त संख्याले चीनले संरक्षित वन्यजन्तुको विकासमा पुर्याएको विशेष योगदानको पुष्टि गरेको बताइएको छ । वन्यजन्तु संरक्षणमा चीनले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेको छ । सो क्षेत्रमा सक्रिय एक जना सरकारी अधिकारीले भने, ‘बाघ संरक्षणमा ड्रोनको प्रयोग गरिएको छ । यसले चौबिसै घण्टा उनीहरुको निगरानी र उद्धारमा सहयोग पुगेकाले पनि बाघको संख्या बढेको हो ।’

भिडियो : सिन्ह्वा
 

टिप्पणीहरू