बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु,सिके राउत बाहिरै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु,सिके राउत बाहिरै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरुबीच छलफल थालिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष ओली,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनको बैठकमा उपस्थिति रहेको बताइएको छ ।
सत्तामा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत भने बालुवाटार गएका छैनन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्ता गठबन्धनको बैठक बसेको ठाउँमा हिजो राति पुरानो सत्ता गठबन्धनका नेताहरुको भेटवार्ता भएको थियो । राति ८ बजेदेखि झण्डै डेढ घण्टासम्म भएको भेटवार्तामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित हुनुभएको हो ।

टिप्पणीहरू