मिटरव्याजी हतियारसहित पक्राउ

मिटरव्याजी हतियारसहित पक्राउ

जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएको बताइन्छ ।

हिजो बेलुकी प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खानतलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
 

टिप्पणीहरू