सितापाइलामा डेढ दर्जन जुवाडे खालबाटै पक्राउ

सितापाइलामा डेढ दर्जन जुवाडे खालबाटै पक्राउ

राजधानीमा जुवा खेलिरहेको अवस्थामा १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

नागार्जुन नगरपालिका–४ सितापाईलाका ४४ वर्षीय दिलकुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूका ६२ वर्षीय गौतम सिंह महर्जनसहित १९ जनालाई गएराति समातेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिशेष सूचनाको आधारमा पक्राउ गरेको बताइएको छ । 

उनीहरुको साथबाट प्रहरीले १० लाख १२ हजार २ सय १५ रुपैँयासहित ३३ थान कौडा र २ तासबुक बरामद गरेको बताइन्छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू