वर्गीकरणमा नपरेका सन्दीपलाई क्रिकेट खेल्न बोलाइयो

वर्गीकरणमा नपरेका सन्दीपलाई क्रिकेट खेल्न बोलाइयो

नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले पूर्वकप्तान सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई प्रशिक्षणमा बोलाइएको हो ।

हालै निलम्बन फुकुवा भएका सन्दीप राष्ट्रिय टिममा समावेश भएको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । 

क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । सोही बैठकले १८ जना खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेर क्यानको केन्द्रीय अनुबन्धन (सेन्ट्रल कन्ट्रयाक्ट)मा समावेश गरेकोमा सन्दीप परेका थिएनन् । 

उमेर नपुगेकी किशोरी बलात्कार गरेको अभियोगमा थुनामा परेका सन्दीप केही समय अघिमात्रै उच्च अदालत पाटनको आदेशले धरौटीमा रिहा भएका थिए ।

टिप्पणीहरू