बीमा संस्थानलाई मान्छे चाहियो

बीमा संस्थानलाई मान्छे चाहियो

राष्ट्रिय बीमा संस्थानले करार कर्मचारी मागेको छ । संस्थानले विभिन्न पदमा १० जना कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ । 

आज प्रकाशित विज्ञापनमा चार्टर्ड एकाउन्टेन्ट (सिए) २, सेमोक्वालिफाइङ ४, कम्युटर अधिकृत १, कानुन अधिकृत १ र एक्चुरी (सहायक) २ जना कर्मचारी चाहिएको उल्लेख छ । 

संस्थानले योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिनसक्ने जनाएको छ ।

टिप्पणीहरू