‘मेयर फेलोसिप प्रोग्राम’ गर्दै काठमाडौँ महानगर

‘मेयर फेलोसिप प्रोग्राम’ गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरपलिकाले शहरी योजना आयोगको समन्वयमा 'महानगर रिसर्ज फेलोसिप २०७९' नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करण 'मेयर फेलोसिप प्रोग्राम' आयोजना गर्ने भएको छ । 

महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धानमार्फत महानगरलाई तथ्यमा आधारित नीति निर्माण गर्न एंव कार्यमूलक अनुसन्धानमार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरुको पहिचान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।

साथै, काठमाडौँ महानगरपालिकासँग सम्बन्धित इतिहास, कला संस्कृति, पम्परा, भाषा, साहित्य, शहरी योजना, शहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययनलगायत अन्य विषयका बारेमा अनुसन्धान प्रस्ताव पेश गर्न सक्ने पनि जानकारी गराएको छ ।

कार्यक्रममा भाग लिन योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्तालाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेश गर्न महानगर अन्तर्गतको शहरी योजना आयोगले आग्रह गरेको छ ।
 

टिप्पणीहरू