अमेरिकी राजदूत विराटनगरमा,भारतीय जनकपुरमा

अमेरिकी राजदूत विराटनगरमा,भारतीय जनकपुरमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन आज बिहान विराटनगर जानुभएको छ । उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए ७०१ बाट बिहान ९ बजे प्रस्थान गर्नुभएको हो ।

आजै नेपालका लागि युएईका राजदूत अब्दुल्लाह बिन जर्वान अल साम्सी काठमाडौं आउनुभएको छ । उहाँ बिहान ९ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५८८ बाट आउनुभएको परराष्ट्र श्रोतले बतायो ।

भारतीय राजदूत नवीन श्रीवास्तव पनि आजै जनकपुर जानुभएको छ । उहाँ बिहान पौने ११ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ५०३ बाट त्यसतर्फ जानुभएको हो ।

टिप्पणीहरू