सिन्सियरले मनायो २३औं वार्षिकोत्सव

सिन्सियरले मनायो २३औं वार्षिकोत्सव

सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड आफ्नो स्थापनाको गरिमामय २३ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको पुतलीसडकमा कार्यालय रहेको यस सहकारीले हालै आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

उक्त साधारणसभामा संस्थाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनसहितको विवरणहरु सर्वसम्मतबाट पारित गरिएको थियो । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई नगद लाभांश तथा ऋणी र बचतकर्ता सदस्यहरुलाई समेत पूँजी फिर्ता कोषमा रहेको रकमबाट प्रतिफल बाँडेको छ । यसबाट सम्पूर्ण शेयर सदस्यहरु लाभान्वित तथा गौरवान्वित महशुस भएको बुझिएको छ । 

यस संस्थाले आफ्ना शेयर सदस्यहरुमध्ये बचतकर्तालाई हालको बजार अनुसारको ब्याज प्रदान गरेको छ । ऋणीलाई सहकारी विभागबाट जारी भएको ऐन, नियम तथा निर्देशनअनुसारको ब्याजदरमा लगानी गरेको बताइन्छ । हाल कायम भएको सन्दर्भ ब्याजदर कम भएको हुँदा यथाशीघ्र छिटो समायोजन गर्नका लागि संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गरेको छ । 

यस संस्थाले शेयर सदस्यहरुलाई गुणस्तरीय, छिटो र सजिलो तरिकाले विश्वसनीय सेवा प्रदान गर्दै आएको छ । हालको प्रतिकूल अवस्थामा पनि यस सहकारी संस्थाको दक्ष व्यवस्थापन तथा कुशल अनुभवका कारण शेयर सदस्यहरुलाई भनेको बेलामा निक्षेप तथा कर्जा प्रदान गर्दै काठमाडौँमा एउटा अब्बल संस्थाको रुपमा रहेको बताइन्छ ।

टिप्पणीहरू