लगानी सम्मेलनमा भाग लिन अमेरिकाबाट को- को आए ?

लगानी सम्मेलनमा भाग लिन अमेरिकाबाट को- को आए ?
सुन्नुहोस्

तेस्रो लगानी सम्मेलनमा सहभागी हुन विदेशी पाहुना आउने क्रम जारी छ । आगामी आइतबार र सोमबार राजधानीमा हुन लागेको सम्मेलनमा सहभागी हुन युएस च्याम्बर अफ कमर्सको दक्षिण एशिया हेर्ने वरिष्ठ उपाध्यक्ष आज दिउँसो काठमाडौं आइपुगेका छन् । 

युएस इण्डिया बिजनेस काउन्सिल र युएस बंगलादेश बिजनेस काउन्सिलको सभापतिसमेत रहेका अतुल केशप भिस्तारा एअरको उडान नम्बर युके १५५ मा नयाँ दिल्ली हुँदै आएका हुन् ।

केशपलाई बौद्धस्थित होटल हायात रिजेन्सीमा बस्ने प्रबन्ध मिलाइएको छ । उनी सम्मेलन उद्घाटन हुने आइतबार साँझ ५ बजे नयाँ दिल्ली हुँदै सोही एअरलाइन्सको उडानमा फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

उनी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा श्रीलंका र माल्दिभ्सका लागि राजदूत थिए ।

टिप्पणीहरू