जम्मै दोष ज्योतिषको

जम्मै दोष ज्योतिषको

प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने चाहना व्यक्त गर्नुभएको छ । उहाँ अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ । भोलि पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने सुरमा हुनुहुन्छ । 

पाँच पटक त प्रधानमन्त्री बनिसक्नुभयो । अब छैटौं पटक प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्छ । उहाँ फेरि प्रधानमन्त्री बन्न खोज्नुभएको देख्दा मान्छेहरू नानाथरि कुरा गर्न थालेका छन् । कतिचोटी प्रधानमन्त्री बन्नुपर्ने रे ! कत्ति सत्तामा बस्नुपर्ने रे ! 

तर मान्छेले कुरै बुझेका छैनन् । उहाँ फेरि प्रधानमन्त्री बन्न लाग्नुभएको आफ्नो कारणले होइन नि । उहाँलाई त ज्योतिषले नै सात पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ । ज्योतिषले नै भनेपछि उहाँले के गर्ने ? ज्योतिषको अगाडि उहाँको केही चल्छ ? ज्योतिषले सात पटक प्रधानमन्त्री बन्छ भनेको छ, सात पटक त जसरी पनि बन्नै प¥यो ।

उहाँ अब सक्दिन भन्ने पक्षमा हुनुहुन्छ तर सक्दिन भनेर कहाँ धर पाइन्छ ? ज्योतिषले उहाँले सक्नुहुन्न भनेको छैन क्यारे ! त्यसैले जसरी भए नि सात पटक त पु¥याउनैपर्छ । यो सब गर्ने ज्योतिषीले हो । तर, गाली देउवालाई भइरहेको छ । यो कुरा त अलि हजम भएन नि । होइन र ?
 

टिप्पणीहरू