जापानको राजधानीमा सुन्दरीहरुको जमघट

जापानको राजधानीमा सुन्दरीहरुको जमघट

जापानको राजधानी टोकियोमा सुन्दरी प्रतियोगिता हुँदैछ । स्थानीय समयानुसार आज साँझ शुरु हुने मीस इन्टरनेशनल प्रतियोगितामा भाग लिन नेपाललगायत मुलुकका सुन्दरी पुगिसकेका छन् ।

नेपालबाट मीस नेपाल इन्टरनेशनलकी प्रतिस्पर्धी न्यान्सी खड्का सहभागी हुँदै छिन् । उनी नेशनल कस्ट्युम र स्वीमसुट पहिरनमा देखिने तयारी छ ।

टोकियोमा आज यस वर्षको मीस इन्टरनेशनलको ग्राण्ड फिनाले हुन लागेको हो । संसारका ६६ मुलुकका सुन्दरीहरु प्रतियोगितामा सहभागी हुँदैछन् ।

टिप्पणीहरू