चोलेन्द्रलाई सुरक्षा घेरामा २ बजेपछि सर्वोच्च छिराइने

चोलेन्द्रलाई सुरक्षा घेरामा २ बजेपछि सर्वोच्च छिराइने

प्रतिनिधिसभामा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा आज कडा सुरक्षा घेरामा सर्वोच्च अदालत फर्किन लाग्नुभएको छ । उहाँलाई सर्वोच्च फर्काउन बालुवाटारस्थित निवासमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

सँसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आज निलम्बन फुकुवाको पत्र दिएसङ्गै चोलेन्द्र नेपाली सेना र नेपाल प्रहरीको एस्कर्टिङ गाडीमा साइरन बजाउँदै सर्वोच्च प्रवेश गर्न लाग्नुभएको हो । सर्वोच्च स्रोतका अनुसार आजको टी ब्रेकपछि उहाँ अदालत हाजिर हुनुहुनेछ । 

यसअघि चोलेन्द्रले आफूलाई कामकारबाहीमा रोक नलगाउन माग गर्दै हिजो मात्रै संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको प्रतिउत्तरमा महासचिव गौतमले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र चोलेन्द्रलाई पत्र पठाएर महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराउनुभएको हो ।

चोलेन्द्रको सर्वोच्च प्रवेशको तरंगले आज कुनै पनि इजलास बस्न सकेको छैन । स्रोतका अनुसार उनी अदालतमा हाजिर हुँदा अन्य न्यायाधीशहरुले बेञ्च शेयर नगर्ने सम्भावना छ । 

यता, विगतमा जस्तै चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा सुरक्षाकर्मीले रोक लगाउने सम्भावना समेत नटरेको कतिपयले बताएका छन् ।

टिप्पणीहरू