दिदीलाई नपिट्नुस् भन्दा सालो मारेर भिनाजु फरार

दिदीलाई नपिट्नुस् भन्दा सालो मारेर भिनाजु फरार

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु भएको छ।

हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो ।

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेको बताइन्छ ।

हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन् ।

घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ ।

घटना हिजो राती ११ बजेतिर भएको थियो । दुई जना साला र भिनाजु बसेर मादक पदार्थ सेवन गरेको खुलेको छ,साथै भिनाजुले दिदीलाई सधैं कुटिरहने भएकोले सालोहरुले नकुट्नु भन्दा सिधै हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद जोशीले जनआस्थालाई बताउनुभयो।

टिप्पणीहरू