माधवबिरुध्द केपीले हालेको मुध्दा आज पनि अनिर्णित

माधवबिरुध्द केपीले हालेको मुध्दा आज पनि अनिर्णित

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित तत्कालीन १४ सांसदलाई विपक्षी बनाएर दायर गर्नुभएको मुद्धाको आज पनि सुनुवाई हुन सकेन । 

गत बर्ष अर्थात ०७८ साल भदौ १७ मा केपी शर्मा ओलीले आफ्नै १४ सांसदलाई कारवाहीको माग गर्दै दायर गरेको रिट  सुनुवाईका लागि आज पेसी तोकिएको भए पनि हेर्न नभ्याइएको भन्दै फेरि धकेलिएको छ ।

अघिल्लो प्रतिनिधि सभाको उक्त मुद्धा प्रतिनिधि सभाको कार्यकाल नै सकिइसकेको अवस्थामा  सुनुवाइका लागि सोमबार न्यायाधीशद्वय नेकपा फुटाइदिने न्यायाधीश कुमार रेग्मीसहित हरिप्रसाद फुयालको संयुक्त इजलाशमा पेशी चढेको भए पनि हेर्न नभ्याइनेको सूचीमा राखिएको छ ।

टिप्पणीहरू