बिदेश बस्ने नेपालीहरुको मन पग्लिएपछि..

बिदेश बस्ने नेपालीहरुको मन पग्लिएपछि..

पाँचथरमा सञ्चालित ५ दिने निशुल्क स्वास्थ्य सेवा हिजोबाट सकिएसँगै पुन यहि मङ्सिर २५ गते देखि २९ गतेसम्म चल्ने भएको छ। फिदिममा सन्चालित उक्त शिविर मङ्सिर १४ बाट शुरु भई हिजै मात्र  सकिएको थियो । 

शिविरबाट हाडजोर्नीसम्बन्धी ६१ जनालाई राहत मिलेको छ। एक सय बीस जनाको स्वास्थ परिक्षण गरी हातमा रड स्टिल भएकाहरुलाई निशुल्क उपचार गर्दै दुर्घटनामा परी हात खुट्टा भाँचिएका ६ जनाको अंगमा स्टिलसमेत राखिएको पाँचथर जिल्ला अस्पतालका स्वास्थकर्मी उमेश साहले जनआस्थालाई बताउनु भयो।

फिदिम नगरपालिका,नेपाल माउन्टेन मोबाइल हस्पिटल बेल्जियम, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी काठमाण्डौ र पाँचथर जिल्ला अस्पतालको आयोजनामा सञ्चालित उक्त शिविरमा १ सय ८ जना चिकित्सकले हाडजोर्नीको अप्रेसन र स्वास्थ परीक्षण गरेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनु भयो। 

उहाँका अनुसार बिरामीको चापलाई मध्यनजर गर्दै फेरि पुन: यहि मिति २०७९ मङ्सिर २५ देखि २९ सम्म सञ्चालन गर्ने निर्णय भएको हो । आर्थिक अभावमा शरीरका विभिन्न अंगहरुमा स्टिल राखी कष्टकर जीवन यापन गरिहेकाहरुलाई स्वास्थ्य सेवा दिने उध्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट बिरामीहरुलाई धेरै राहत मिलेको बताइन्छ। 

शिविरमा चिकित्सक टोलीको नेतृत्व गरिरहनुभएका डाक्टर मिङ्मा गेल्जोङ शेर्पाका अनुसार माउन्टेन मोबाइल हस्पिटल बेल्जियम र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले हाड जोर्नी टुटेको र भाँचिएको बिरामीहरुलाई मध्यनजर गर्दै देशका विभिन्न जिल्लामा यस्ता शिविरहरु सञ्चालन गर्दै आएको छ।
 

टिप्पणीहरू