लगेज नल्याएको झोंकमा विमानबाट यात्रु झर्न मानेनन्

लगेज नल्याएको झोंकमा विमानबाट यात्रु झर्न मानेनन्

साउदी अरेबियाबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरे पनि नेपाली यात्रु ओर्लन मानेका छैनन् । उनीहरुले विमानले आफ्ना लगेज नल्याएको भन्दै झर्न नमानेको प्रहरीको भनाइ छ ।

साउदी अरेबियाको रियादबाट काठमाडौं आएको उक्त उडानका १०९ जना नेपालीमध्ये अधिकांशले विरोध गर्दै विमानबाट झर्न नमानेका हुन् । अहिले बिहान विमानमा ११ जना विदेशी यात्रु छन् । 

उडान नम्बर आर ए २२० विमानबाट उत्रन नमानेका यात्रुलाई प्रहरीले झर्न सम्झाउने प्रयास गरेका छन् । उनीहरुले लगेज ल्याउनुपर्ने माग र अडान राखेका छन् ।

टिप्पणीहरू