काठमाडौं आएका पिस कप्र्सका डाइरेक्टर कोलम्बो उडे

काठमाडौं आएका पिस कप्र्सका एसोसिएट डाइरेक्टर आज श्रीलंकाको राजधानी कोलम्बो गएका छन् । उनले श्रीलंकन एअरको उडान नम्बर युआई १८२ प्रयोग गरेका हुन् ।

जोन स्कट बिल दिउँसो पौने २ बजे त्यता गएको विमानस्थल स्रोतले बताएको छ । उनी अमेरिकी सहयोग संस्था पिसकप्र्सका एसोसिएट डाइरेक्टर हुन् । दक्षिण एसियाका विभिन्न मुलुकको भ्रमण गर्ने क्रममा दुई दिने भ्रमणमा यता आएका थिए ।

सो क्रममा उनले सरकारी अधिकारी तथा नागरिक समाजका अगुवाहरुसँग भेटवार्ता गरेको अमेरिकी दूतावासले जनाएको छ । भेटमा कोरोना महामारीपछि नेपाल छाडेका पिस कप्र्सका स्वयम्सेवकहरुलाई आगामी वर्षको शुरुआतमा फर्काउनेलगायत विषयमा छलफल भएको हो ।

टिप्पणीहरू