हिजाब नलगाउने महिलालाई बैंक सेवा दिने म्यानेजरको जागिर चैट

हिजाब नलगाउने महिलालाई बैंक सेवा दिने म्यानेजरको जागिर चैट

हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिएको आरोपमा इरानको एउटा बैंकका प्रबन्धकलाई बर्खास्त गरिएको छ । राजधानी तेहरान नजिकैको कोम प्रान्तमा ती प्रबन्धकले हिजाब नलगाउने महिलालाई बैंक सेवा उपलब्ध गराएका थिए ।

‘उनलाई गभर्नरको आदेशपछि पदबाट हटाइयो’ डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाले जनाएको छ । इरानका अधिकांश बैंक राज्य–नियन्त्रित छन् । 

हिजाब कानून लागू गर्ने त्यस्ता संस्थामा व्यवस्थापकहरु नै जिम्मेवार हुने कानुन बनाइएको छ । इरानका महिलाले आफ्नो टाउको, घाँटी र कपाल अनिवार्य रुपमा छोप्नुपर्छ । इरानाको जनसंख्या ८ करोड बढी छ ।

गत सेप्टेम्बरमा एक युवतीले हिजाब नलगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएपछि देशभर हिजाबविरोधी प्रदर्शन चर्किएको छ । प्रदर्शनमा सयौं सर्वसाधारणको ज्यान गएको छ ।

टिप्पणीहरू