धादिङमा राजेन्द्र पाण्डे झण्डै ८ हजार मतान्तरले विजयी

धादिङमा राजेन्द्र पाण्डे झण्डै ८ हजार मतान्तरले विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेश सरकारको मुख्यमन्त्री पाण्डेले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई सात हजार नौ सय ८१ मत अन्तरले पराजित गराएका हुन् । 

प्रारम्भिक मत परिणामअनुसार पाण्डेले ३५ हजार नौ सय ३४ मत पाए भने एमालेका त्रिपाठीले २७ हजार नौंल सय ५३ मत ल्याए  । 

एमालेबाट छुट्टिएर नेकपा एसमा लाग्नुपूर्व पाण्डे यसै क्षेत्रमा एमालेबाट पटक पटक निर्वाचित भएका थिए । अहिले पराजित भएका त्रिपाठीले २०७० काे संविधानसभा निर्वाचनमा पाण्डेकाे निर्वाचनकाे कमाण्ड  सम्हालेका थिए । २०७४ काे निर्वाचनमा भने त्रिपाठी प्रतिनिधिसभामा र पाण्डे प्रदेशसभामा निर्वाचित भए ।

टिप्पणीहरू